२ आश्विन २०८३, शुक्रबार

आज सुदुरपश्चिमभरी पन्नरीकी रात मनाइदै

एसीपी संवाददाता

१५ पुष २०७७, बुधबार १७:०१ मा प्रकाशित

दिनेश धामी। आज सुदुरपश्चिम भरी पुष पन्ध्रकि रात मनाइदै छ। सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा पुष १५ / ठुली रात मनाइदै छ। अन्य देशको तुलनामा डिसेम्बर 30को रातलाई छोटो माने तापानी नेपाली समाजमा यो दिनलाइ ठूलो दिन मानिने गर्छ। आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाइ ठुलीरातमानी १५ प्रकारका खानाका परिकार खाइ रातभरी बिउझै रहने चलन छ।
पुष १५ का दिन धेरै परिकारका खाइ रातभरी नसुतिकन रमाइलो गर्ने गरिन्छ। बिशेशगरि पुस १५का दिन सुदुरपश्चिम भरी चल्दै आएका रितिरिवाज, देउडा र दोहोरी खेली आजको रात काटिने गर्छ। पुष १५ का रातभरि नसुतेमा मनोकामना पूरा हुने, दिर्घायु तथा शरिरिक स्वास्थता बढने जेष्ठ ब्यक्तिको भनाइ रहेको छ भने बदलिदो परिवेश यसको खासै महत्व दर्शिने गरि मनाइने पर्व हराउदै गएको छ।
पुष १५ का दिन विशेष गरि द्न्त्य कथा , स्थानिय कथा कहानी , बाताइ , आइना सुन्ने र सुनाउने प्रकृया चल्दै आएको छ।
पुषे पन्ध्रका दिन विशेष गरि तरुल, फर्सी , सखरखण्ड, पिँडालु, आलु, ..गरि धेरै किसिमका परिकारहरु पकाइ खाने गरिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x