१४ भाद्र २०८३, आईतवार

नेपालगञ्ज रोडदेखि भारतको धार्मिक तथा सांस्कृतिक नगरी वाराणसी ट्रेन संचालन हुँदै

एसीपी संवाददाता

१४ भाद्र २०८३, आईतवार ०८:२८ मा प्रकाशित

सगुन सिंह नेपालगन्ज  –  नेपालगञ्ज रोडदेखि भारतको धार्मिक तथा सांस्कृतिक नगरी वाराणसीसम्म जोडिने नयाँ रेल सेवाले सीमावर्ती क्षेत्रका यात्रुलाई ठूलो राहत दिने भएको छ।

विशेष गरि बाँके जिल्ला , सुर्खेत , दाङ जाजरकोट , दैलेख , जुम्ला जस्तो बस्तीका लागि धार्मिक यात्रा का साथै काम विशेषमा जानेलाई राहत प्याकेज भन्दा कम नभएको बताएका छ्न ।

नयाँ रेल सेवाको सुरुवातसँगै नेपालगञ्ज, बाँके तथा सीमावर्ती क्षेत्रका नागरिकलाई भारतको गोरखपुर, वाराणसीलगायतका प्रमुख शहरमा आवतजावत गर्न थप सहज हुने अपेक्षा गरिएको छ। धार्मिक पर्यटन, व्यापार, शिक्षा तथा रोजगारीका लागि भारत जाने यात्रुलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने देखिन्छ।
यसैबीच, उद्घाटनको पहिलो दिन यात्रुलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने चर्चा पनि चलेको छ। यद्यपि निःशुल्क यात्रासम्बन्धी व्यवस्था, टिकट लिन आफ्नो परिचयपत्र दिन जरुरी रहेको छ ।
उद्घाटन विशेष ट्रेनमा १७ वटा कोच रहने बताइएको छ, जसमा सामान्यदेखि वातानुकूलित तथा शयनयान श्रेणीका कोचहरू समावेश छन्।
नेपालगञ्ज रोड–वाराणसी रेल सेवा सञ्चालनले नेपाल–भारत सीमावर्ती क्षेत्रको यातायात तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x