अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनमा नेपाली पत्रकार सम्मानित
आल इण्डिया जर्नलिस्ट युनियन (AIJU), भारतको आयोजनामा भारतको बिहार राज्यअन्तर्गत मुंगेर जिल्लाको जमालपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनमा मलाई मिडियामा पुर्याएको योगदानका लागि आल इण्डिया जर्नलिस्ट युनियनका अध्यक्ष रञ्जित सम्राटज्यूबाट सम्मानित गरिएको छ।
सम्मान प्रदान गर्ने क्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेसनलका अध्यक्ष राजु लामा तथा सार्क जर्नलिस्ट फोरम इन्टरनेसनलका महासचिव अब्दुर्रहमान (बंगलादेश) को समेत उपस्थिति रहेको थियो।
सम्मानपछि भारतका विभिन्न राज्यबाट सम्मेलनमा सहभागीता रहेको थियोे ।
जमालपुरस्थित सिद्धि विनायक म्यारिज हलमा आयोजित उक्त महासम्मेलनमा भारतका राज्यसभा सांसद डा. भीम सिंह, मुंगेरका विधायक प्रणव कुमार लगायत विभिन्न विशिष्ट अतिथिहरू तथा भारतका विभिन्न राज्य र अन्य देशबाट सहभागी हुन आउनुभएका झण्डै दुई सय वरिष्ठ पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।
पत्रकारिता क्षेत्रमा मैले गर्दै आएको योगदानको कदरस्वरूप प्राप्त यो सम्मानलाई मैले व्यक्तिगत सम्मान मात्र नभई पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहन थप जिम्मेवारी र प्रेरणाका रूपमा लिएको छु।
अन्तमा सम्मानित पत्रकारहरुले सम्पूर्ण आयोजक टिमलाई धन्यवाद दिएका थिए ।
सम्मानका लागि आल इण्डिया जर्नलिस्ट युनियन (AIJU), अध्यक्ष रञ्जित सम्राटज्यू, सार्क जर्नलिस्ट फोरम इन्टरनेसनलका अध्यक्ष राजु लामा, महासचिव अब्दुर्रहमान तथा सम्पूर्ण आयोजक परिवारप्रति हार्दिक आभार तथा धन्यवाद।


