७ आश्विन २०८३, बुधबार

दैवी प्रकोप पीडितका लागि मदिरा व्यवसायी संघ बाँकेद्वारा ६६ हजार ५ सय ५२ रुपैयाँ सहयोग

एसीपी संवाददाता

७ आश्विन २०८३, बुधबार २०:१९ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, असोज ७ — दैवी प्रकोपबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मदिरा व्यवसायी संघ बाँकेले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा देशभर रहेका जिल्ला मदिरा व्यवसायी संघहरूको संयुक्त पहलमा आर्थिक राहत सहयोग संकलन गरी पठाउने निर्णयअनुसार मदिरा व्यवसायी संघ बाँकेले पनि सहयोग रकम संकलन गरेको हो।

मदिरा व्यवसायी संघ बाँकेको २०८३ साल असोज ४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार संघमा आबद्ध व्यवसायी तथा विभिन्न कम्पनीका प्रतिनिधिहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ६६ हजार ५ सय ५२ आर्थिक सहयोग रकम नेपाल मदिरा व्यवसायी महासंघमार्फत राहत कोषमा पठाउने निर्णय गरिएको संघले जनाएको छ।

संघका अनुसार संकलित रकम नेपाल मदिरा व्यवसायी महासंघको हिमालयन बैंक लिमिटेडमा रहेको खाता नम्बर २५३५४१३३७२००२३ मा जम्मा हुने गरी पठाइनेछ।

दैवी प्रकोपका कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस मानवीय अभियानमा मदिरा व्यवसायी संघ बाँकेका व्यवसायी तथा कम्पनी प्रतिनिधिहरूले समेत आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको संघले जनाएको छ।

संघले देशभरका मदिरा व्यवसायी संघहरूबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वले विपद्का समयमा पीडित नागरिकलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

संघका अध्यक्षले सम्बन्धित सबै व्यवसायी तथा कम्पनी प्रतिनिधिहरूलाई सहयोगका लागि धन्यवाद दिँदै विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिन आग्रह गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x