२० कार्तिक २०८३, बिहीबार

तिहार र छठले आपसी सद्भाव, प्रेम र एकतालाई थप मजबुत बनाउनेछ : कांग्रेस सचिव इसरत अलि शेख नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सचिव शेखद्वारा देशवासी तथा क्षेत्रवासीमा शुभकामना व्यक्त

एसीपी संवाददाता

२० कार्तिक २०८३, बिहीबार २२:२४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज , कात्तिक १९ — नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सचिव एवं समाजसेवी इसरत अलि शेखले नेपालीहरूको महान् पर्व शुभ तिहार, दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देशवासी तथा क्षेत्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शेखले शुभकामना सन्देश जारी गर्दै तिहार, दीपावली तथा छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा, एकता र सहिष्णुताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको हो।उहाँले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, अगाध प्रेम र पारिवारिक एकतालाई थप मजबुत बनाउने उल्लेख गर्दै छठ पर्वले प्रकृति, सूर्य उपासना, आस्था र मौलिक संस्कृतिप्रतिको सम्मानलाई उजागर गर्ने बताउनुभएको छ।

शेखले शुभकामना सन्देशमा भन्नुभएको छ, “दीपावलीको यस पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।”

उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नेपालीहरूबीच यस्ता पर्वले आपसी सद्भाव र सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

अन्त्यमा, उहाँले तिहार, दीपावली तथा छठ पर्व सबैका लागि सुख, शान्ति, खुसी र समृद्धि ल्याउने पर्व बनोस् भन्दै सम्पूर्ण देशवासी तथा क्षेत्रवासीमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x