२६ कार्तिक २०८३, बुधबार

वडा सभापति मङ्गल प्रसाद बर्माद्वारा भाइटीकाको शुभकामना, आपसी सद्भाव र एकता कायम राख्न आग्रह

एसीपी संवाददाता

२६ कार्तिक २०८३, बुधबार १३:५० मा प्रकाशित

नेपालगन्ज, कात्तिक २५ गते — नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत भाइटीकाको पावन अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर १८ का वडा सभापति तथा समाजसेवी मङ्गल प्रसाद बर्मा (सानु) ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

एक शुभकामना सन्देश जारी गर्दै सभापति बर्माले तिहार तथा भाइटीकाले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, विश्वास, आत्मीयता र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको हो।एक शुभकामना सन्देश जारी गर्दै सभापति बर्माले तिहार तथा भाइटीकाले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, विश्वास, आत्मीयता र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले भन्नुभएको छ, “हाम्रा मौलिक चाडपर्वहरू नेपाली पहिचान, संस्कृति र परम्पराका अमूल्य सम्पत्ति हुन्। यस्ता पर्वले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी सद्भाव र एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तामा समेत यसको महत्त्व हस्तान्तरण गर्न आवश्यक छ।”

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीकका रूपमा रहेको भाइटीकाले नेपाली मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न विशेष महत्त्व बोकेको उहाँले उल्लेख गर्नुभएको छ।

सभापति बर्माले “संस्कृति जोगाऔँ, सम्बन्ध निभाऔँ, समृद्ध नेपाल निर्माणमा अघि बढौँ” भन्ने सन्देशसहित सबै नेपालीलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम राख्दै पर्व मनाउन आग्रह गर्नुभएको छ।उहाँले यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १८ को समिति तथा नेपालगन्ज, बाँके परिवारका तर्फबाट समेत हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x