समाजवादी महिला संघ, नेपाल बाँके जिल्ला समिति पुनर्गठन, अध्यक्षमा सम्झना गिरी चयन
रिसब सिंह बाडिया / नेपालगञ्ज, मंसिर १३ — जनता समाजवादी पार्टी (जसपा), नेपालको भ्रातृ संगठन समाजवादी महिला संघ, नेपाल बाँके जिल्ला समिति पुनर्गठन गरिएको छ । मिति २०८३ मंसिर १२ गते सम्पन्न एक विशेष भेलाबाट सम्झना गिरीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा पार्वती आचार्य, आचल गुप्ता र सम्पूर्ण सिंह चयन हुनुभएको छ । त्यस्तै, सचिवमा रविया साई, सह-सचिवमा चाँदनी शाह र माया केवट तथा कोषाध्यक्षमा भारती थापा चयन हुनुभएको छ ।
त्यसैगरी, समितिको सदस्यहरूमा रमादेवी गुप्ता, प्रेमा हरिजन, दिपा वर्मा, सम्झना शर्मा, विमला परियार, यशोदा पौडेल, उर्मिला यादव, पतंगी हरिजन, निर्मला कुम्हार, कदमा यादव, गीता कौशल, धन्नु निशा किंगरिया, रसिदुन निशा किंगरिया र रिता कुमारी खटिक लगायत ३५ जना रहनुभएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता तथा शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना दिएका छन् । महिला सशक्तीकरण, सामाजिक न्याय, समानता र समावेशी समाज निर्माणका लागि नयाँ नेतृत्वले जिल्लामा उल्लेखनीय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।


