विश्व हिन्दू महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्धिसागर सुवेदी चयन
नेपालगञ्ज, मंसिर १२ — विश्व हिन्दू महासंघ नेपाल, बाँके जिल्ला शाखाको वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ। नेपालगञ्जस्थित निर्माणाधीन तिरुपती बालाजी मन्दिरको प्राङ्गणमा आयोजित अधिवेशनले बुद्धिसागर सुवेदीको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कल्पना देवी कुमारी घिमिरे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा नन्द किशोर मिश्र, गोविन्द प्रसाद घिमिरे र श्रीधर शर्मा आचार्य चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिको सचिवमा हरिबाबु घिमिरे, कोषाध्यक्षमा श्याम सुन्दर अधिकारी चयन हुनुभएको छ। सहसचिवमा दीपक कुमार पौडेल, शम्शेर चन्द, चिन्तामणि पोखरेल र विष्णु सुवेदी चयन हुनुभएको छ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा रीता कुमारी पाठक, होमनाथ सुवेदी, बुद्धिराज बर्तौला, लक्ष्मण भुषाल र शान्तिदेवी सुवेदी घिमिरे रहनुभएको छ।
अधिवेशन सम्पन्न भएपछि नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन्। नवनिर्वाचित कार्य समितिले सनातन हिन्दू धर्म, संस्कृति, परम्परा तथा धार्मिक मूल्य–मान्यताको संरक्षण र संवर्द्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनले जिल्लामा महासंघको संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।


