लेखापढी व्यवसायी हरिराम बढही राष्ट्रिय जनमत पार्टीमा प्रवेश, संगठन थप मजबुत हुने विश्वास
नेपालगञ्ज, मंसिर १३ — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ निवासी प्रतिष्ठित लेखापढी व्यवसायी हरिराम बढही राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्।
बढहीले आज राष्ट्रिय जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। उनलाई पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष र केन्द्रीय अध्यक्ष रियाज अहमद शेषलगायतका नेताहरूले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए।पार्टी प्रवेशपछि नेताहरूले बढहीको आगमनले संगठन विस्तार तथा पार्टीलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा पार्टीका नेताहरूले नयाँ सदस्यहरूको प्रवेशले संगठनमा उत्साह र ऊर्जा थपिएको उल्लेख गर्दै आगामी दिनमा पार्टीको विचार, नीति तथा जनमुखी अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पार्टीका तर्फबाट बढहीलाई स्वागत तथा बधाई दिँदै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरिएको छ।
बढहीको पार्टी प्रवेशलाई नेपालगञ्ज क्षेत्रमा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तार अभियानका रूपमा हेरिएको छ।


