३ आश्विन २०८३, शनिबार

किन् टुटयो चर्चित सेलिब्रेटी किम कार्दासिन र गायक केन्ये वेष्टको टुट्यो सम्बन्ध

एसीपी संवाददाता

२४ पुष २०७७, शुक्रबार ११:४८ मा प्रकाशित

चर्चित सेलिब्रेटी मोडल किम कार्दासिन र र्‍यापर गायक केन्ये वेष्टको सम्बन्ध टुट्ने निश्चित भएको छ ।

दुई जनाबीच सम्बन्ध टुटाउने बारेमा पटक पटक छलफल चलेको भए पनि यस पटक भने दुई जना सम्बन्ध तोड्ने बिन्दूमा पुगेको दाबी अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

जीवनका अनेक बाटादेखि केन्येको राजनीतिक निर्णयसम्ममा दुई जनाबीच निकै नै अन्तरविरोध बढेकाले दुई जना अब सँगै रहन नसक्ने दाबी गरिएको छ ।

उनीहरुबीचको सम्बन्धमा आएको तिक्तताकै कारण केन्ये कार्दासिनको पारिवारिक कार्यक्रमहरुमा उपस्थित हुन छाडेको जनाइएको छ ।

योसँगै दुईबीचको ६ वर्षे वैवाहिक जीवन टुट्ने निश्चत भएको जनाइएको हो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x