१३ असार २०८३, शनिबार
साउथका सुपरस्टार रजनीकान्तले आफूलाई राजनीति गर्नका लागि दबाब नदिन अपिल
साउथका सुपरस्टार नायक रजनीकान्तले आफूलाई राजनीतिक दल खोलेर राजनीति गर्नका लागि बारम्बार दबाब नदिन फ्यानसँग अपिल गरेका छन् । उनले, आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने बताएका छन् ।
रजनीले फ्यानहरुलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेको चिठ्ठीमा भनिएको छ–‘मैले पहिलेदेखि नै विस्तारित रुपमा नै भनिसकेको छु कि म केही कारणले गर्दा राजनीतिमा आउन सक्दिनँ । कृपया मलाई बारम्बार दुःख दिने काम नगर्नुहोस् ।’ ७० बर्षका रजनीतका अनुसार, चेन्नइमा उनका फ्यानको ठूलो समुह एक भएर प्रदर्शन गरेका थिए र रजनीलाई राजनीतिमा नआउने फैसला फिर्ता लिन आग्रह गरेका थिए ।
रजनी र अर्का नायक कमल हसन एक भएर राजनीतिक दल खोल्ने तयारीमा थिए । तर, गतबर्ष रजनीले आफू राजनीतिमा नआउने बताएपछि उनका फ्यान निराश भएका थिए । अनलाइनबाट

Subscribe
Login
0 Comments



