१३ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेका छन् ?

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार १६:०१ मा प्रकाशित

नेकपा दाहाल समूहका नेताहरूले भने ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । माघ २३ मा आयोजना गरिएको आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले जानकारी दिनुभएको हो ।

आइतबार माइतीघरमा आयोजित कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले ओली कम्युनिष्ट नरहेको आरोप लगाउँदै भन्नुभयो, ‘अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन् । नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन् ।

पोखरेलका अनुसार भृकुटीमण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उक्त सभा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ । सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाबाट मानिस ल्याइनेछ ।

प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले सभाका लागि ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा तय गरिएको छ ।

माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थान विभिन्न नेताको नेतृत्वमा जुलुस आउने पनि जनाइएको छ । माघ २१ गते भने काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍याली गरिने पनि नेकपा ओली समूहले जनाएको छ । ईमेजखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x