१३ कार्तिक २०८३, बिहीबार

ज्यानको बाजी लगाई प्रचण्डको ज्यान जोगाउने नै प्रचण्डका लागि दलाल भए

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार १६:५३ मा प्रकाशित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार धनगढीमा आफ्नै पूर्वसहकर्मीलाई प्रहार गरे । लेखराज भट्टलाई दलालको पनि दलाल भने । ‘मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल,’ उनले भने । 

यो अभिव्यक्तिपछि ओली समूहका कार्यकर्ताले प्रचण्डको चर्को विरोध गरेका छन् भने ऐतिहासिक तस्विहरु सार्वजनिक भएका छन् । जसमा लेखराजले ज्यान दाउमा राखेर प्रचण्डलाई गन्तव्यमा पुर्याइरहेका छन् । तस्विरसँगै सामाजिक सञ्जालमा आक्रोशहरु छताछुल्ल भएको छ ।

युवा संघका नेता नरेश रोकायाको आक्रोश:

सामाजिक संजालमा भेटिएका यी तस्बिरहरु र यो भनाइले साच्चिकै मनमा एउटा गम्भीर प्रश्न खडा गरेको छ। जनयुद्ध के साच्चिकै दलालहरुकै रोइलो थियो त प्रचण्ड कमरेडरु अध्यक्ष कमरेड प्रचण्ड २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सनु भयो । के आमा दलाल थियिन त ? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तपाइलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो ? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? तपाइका छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने ।

तपाइको कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? तपाइले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भन्नू भो ? कुनले कहिले कति योगदान गरे ? यदि तपाईं वास्तवमा साँचो बोल्नुहुन्छ भने तपाइका छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर्नुस् रु छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको जिम्मेवारी बहन गरेको प्रमाण  सार्बजनीक गरेर देखाउनुस ? तपाईं जनमुक्ति सेना बेच्ने हतियार बेच्ने एजेन्डा बेच्ने कसरी क्रान्तिकारी हुनुभयो कमरेड ? अरुलाई न्यायको कुरा गर्ने तपाइले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गर्नुभयो । बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र कमरेड प्रचण्ड ? तपाईं अहिले असंवैधानिक कदम भनेर सडकमा आउनुभएको छ । अरुलाई नैतिकताको पाठ नपढाउनुस!

lekhraj.jpg

कञ्चनपुर जिल्ला सदस्य राधाकृष्ण जोशी ज्वालाको आक्रोश:

मलाइ प्रचण्ड बिरुद्ध लेख्न मन थियन, लेख्न नपरोस् भन्ने सोचेको थे, तर प्रचण्ड महान बन्ने महत्वाकांक्षा ले तिमिलाई कलंक साबित गर्दै छ, प्रचण्ड ले सबै लाई गद्दार भने तर कस्तो लाई गद्दार भन्ने, के के गरेमा गद्दार भन्ने केइपनि भनेनन्, तिमि ले आलोक लाई (आलोक प्रवृत्ति) गद्दार भनेर सिद्दायौ, रबिन्द्र र मणि लाई पार्टी छोड्न बाध्य पारेउ, आफ्नो स्वार्थ र लुट को राज्य जोगाउन बैध्य जस्तो निस्ठावान नेता लाई गद्दार भनेउ, जनयुद्ध का कमान्डरहरु बादल, बिप्लब, टोपबहादुर, लेखराज, मणि थापा, प्रभु शाह, मार्तिका यादब, लगायत धेरै नेताहरु र उहाँहरु संग जोडियका जनमुक्ति सेना, सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवार, युद्धमा लडेका नेता कार्यकर्ता सबै लाई गद्दार भनेउ,  प्रचण्ड तिमी कसरी महान बन्नसक्छौ, तिमिले ले जनयुद्ध भरी लियको पैसा कता छरु जनमुक्ति सेनाको नाम मा लियको करोडौं पैसा कता छ? तिमिले बिदेश मा राखेको पैसा र नेपालमा कयौं दलाल संग लुकायको पैसा कहाँ छ? तिमी ले जनयुद्ध मा गरेका बाचाकसम, सहिदका सपना,घाइते,अपांग, बेपत्ता परिवार को आसाभरोसा माथी घात गरेउ,अब तिमी संग ३,४ जोडि स्वार्थी नेता र तिम्रा आसेपासे बाहेक अरु कोइ छैन, जनयुद्ध र जनमुक्ति सेना बेचेर खायको तिमी उरालो लाग्दा लाग्दा अब नाङ्गिन थालिसके छौ, तिमी ले लेखराज लाई हेपेको थाहा छैन र? सुपको भयकै कारण कति पटक पछाडी पारेको थियौ, जुनियर लाई अगाडि लग्यौ, लेखराज ले अखण्ड सुदुरपश्चिम को लागि लडेको कारणले थारु बिरोधि हो भन्दै सिद्दाउन खौजेउ,आफ्नो स्वार्थ अनुसार चल्ने लाई नेता बनायौ, अरुलाइ पार्टी छोड्न बाध्य पारेउ, तिमी दलाल को मात्र नेता हो, तिमी संग इमान्दार र निष्ठावान नेता छैन, तिमि लाई दलाल हरुले घेरेको छ, तेसैले तिमिले सबै लाई दलाल देख्छौ, तिम्रो छोरी, बुहारी, तिम्रो ज्वाइ, भतिजो, तिम्रो गार्ड, तिम्रो आसेपासे सब दलाली गर्छन र तिमी पनि दलालिनै गर्छौ, त्यस कारण तिमी सबै लाई दलाल देख्छौ, २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सियौ ।

के आमा दलाल थियिन त ? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तिमिलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? प्रचण्ड तिमी नमकहराम रहेछौ, तिम्रा छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने ।

तिम्रा कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? तिमिले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भनेउ ? कुनले कहिले कति योगदान गरे ? यदि तिमी वास्तवमा साँचो बोल्छौ भने तिम्रा छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर? छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको फोटो सार्बजनीक गरेर देखाउ रुतिमिले जनमुक्ति सेना बेच्ने हतियार बेच्ने एजेन्डा बेच्ने कसरी क्रान्तिकारी र महान भयौ ? अरुलाई न्यायको कुरा गर्ने तिमिले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गरेउ । कारबाही गर्नुपर्ने कथित बुहारीलाई मन्त्री बनाउने तिमि कसरी संविधानको रक्षक बन्छौ ? बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र नेपाल का जेल मा गयर हेर कति मान्छे बहुबिबाहको मुद्दा मा जेल जीवन बिताइरहेका छन, तिमि अहिले असंवैधानिक कदम भनेर सडकमा आयको छौ। तर आफ्नो छोराको तेस्रो बिबाहलाई मान्यता दियको तिमिले हैन? कानुन को त धज्जी उडायौ, बुहारिको जारी पनि तिरेनौ, के त्यो संविधानको उलंघन थिएन । तिमी संविधानको रक्षकहो भने आफ्नी गैरकानुनी (अबैध)बुहारीलाई कानुनी कठघरामा उभ्याएर देखाउ । अरुलाई नैतिकताको पाठ नपढाउ !

lekhraj bh.jpg

पूर्वमाओवादी नेता लोकेन्द्र विष्टको आक्रोश:

सुदुरपश्चिममा माओवादी आन्दोलनका ब्राण्ड हुन लेखराज भट्ट यति निच स्तरका कुरा गर्लान  भनेर जिवनमा कहिल्यै सोचेको सम्म पनी थिएन । तर कमरेड प्रचण्डले हिजोको इतिहास बिर्सिनु भएछ । अब तपाईं प्रतीको सम्मान रहेन । तपाई प्रचण्डबाट पुष्पकमल दाहाल हुनुभएकोमा तपाइलाई हार्दिक बधाई छ । हरेकपटक धनगढी आउँदा अत्तरियमा आएर तपाइले अहिले भनेका जमिनदार दलाल लेखराज भट्टको घरमा डेरा हालेर सुकुटी र ब्लुलेवल ह्विस्किको चुस्की लिने तपाईं कसरी महान क्रान्तिकारी प्रचण्ड ! के यो पटकको चिसोमा तातो बनाउने ह्विस्की पिउन नपाउँदैमा लेखराज दलाल हुने कमरेड अध्यक्ष प्रचण्ड!

अध्यक्ष कमरेड प्रचण्ड २०३८ सालमा अत्तरिया स्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सनु भयो । के आमा दलाल थियिन त? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लेखराज भट्टले त्याग गरेर तपाइलाई सहयोग गर्दा उहाँ दलाल हुनुभयो ? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? तपाइका छोरीहरु चण्डिगढ, पञ्जाव र सिलुगुढिमा घरजम गराएर जनयुद्धको पैसा लिएर पाल्दा तिनको योगदान हुने ।

तपाइको कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? तपाइले आफ्नो परिवार जनयुद्धमा योगदान गरे लडे भन्नू भो? कुनले कहिले कति योगदान गरे ? यदि तपाईं वास्तवमा साँचो बोल्नुहुन्छ भने तपाइका छोराछोरीको जनयुद्धमा कति योगदान छ त्यो खुलेर भन्ने आँट गर्नुस् ? छोरिहरुले बन्दुक बोकेको जनमुक्ति सेनाको फिटो सार्बजनीक गरेर देखाउनुस रुतपाईं जनमुक्ति सेना बेच्ने हतियार बेच्ने एजेन्डा बेच्ने कसरी क्रान्तिकारी हुनुभयो कमरेड ? अरुलाई न्यायको कुरा गर्ने तपाइले बहुबिबाह गर्ने छोरालाई कहिले के कारबाही गर्नुभयो ।

कारबाही गर्नुपर्ने कथित बुहारीलाई मन्त्री बनाउने तपाईं कसरी संविधानको रक्षक कमरेड प्रचण्ड रु बहुबिबाहलाई संविधानले मान्यता दिएको छ र कमरेड प्रचण्ड ? तपाईं अहिले असंवैधानिक कदम भनेर सडकमा आउनुभएको छ । तर आफ्नो छोराको तेस्रो बिबाहलाई मान्यता दिएर तपाइले के गर्नुभयो ? के त्यो संविधानको उलंघन थिएन ।

तपाईं संविधानको रक्षक हो भने आफ्नी गैरकानुनी बुहारीलाई कानुनी कठघरामा उभ्याएर देखाउनुस । अरुलाई नैतिकताको पाठ नपढाउनुस! नेपालपाना्बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x