२१ कार्तिक २०८३, शुक्रबार

साउदीले लगाउँदै आएको यात्रामा प्रतिबन्धको समय अवधी बढायो

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार १९:१९ मा प्रकाशित

अरशद शेष राई एसीपी संवाददाता – साउदी अरेबिया

कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियाको सरकारले आफ्ना नागरिकलाई लगाउँदै आएको यात्रा प्रतिबन्धको समयअवधी लम्ब्याएको छ । साउदी अरेबियाको सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लगाइएको यात्रा प्रतिबन्धको समयअवधी शुक्रबार पुन: एक पटक थप गरि लम्ब्याएको घोषणा गरिएको हो । कोरोना भाइरसको महामारी अझैपनि खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै साउदी सरकारले समय अवधी थप गरेको बताएको छ ।

साउदी अरेबियामा कोरोना विरुद्धको थप खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधी लम्ब्याउनु परेको साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । साउदी अरेबियामा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्री क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा शुक्रबार मात्रै थप २ सय ६७ जना कोरोना संक्रमितको पुष्टि भएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।जबकी कोरोना संक्रमितबाट दुई जनाको ज्यान गएको छ । साउदी अरेबियामा शुक्रबारसम्म कोरोना भाइरसको महामारीबाट ३ लाख ६७ हजार ५ सय ४३ जना संक्रमित भएका छन जबकि ३ लाख ५९ हजार ६ जना उपचारपछि निकोभई घर फर्किएका छन । कोरोना संक्रमणबाट ६ हजार ३ सय ६८ जनाको मृत्यु भएको साउदी स्वास्थ्य मंत्रालयको तंथ्याक छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x