२१ कार्तिक २०८३, शुक्रबार
राजदूताबास रियादद्वारा ल्होछार पर्बको शुभकामना व्यक्त ।
अरशद शेष राई एसिपी न्युज
साउदी अरेबिया ।
साउदी अरेबियास्थित नेपाली राजदूताबासले सोनाम ल्होछार पर्बको अवसरमा सम्पूर्णलाई शुभकामना दिएको छ । साउदी अरेबियाको राजधानी रियादस्थि रहेको नेपाली राजदुतावासले शुक्रबार दिन एक बिज्ञप्ति प्रकाशित गरि शुभकामना दिएको हो ।
तामाङ र शेर्पा समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली दूतावास रियादले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
साउदी अरेबियाको लागि नेपाली राजदूत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुत तथा राजदुतावास रियाद परिवारले बिज्ञप्ति मार्फत शुभकामना व्यक्त गरेका हुन ।
Subscribe
Login
0 Comments


