२८ आश्विन २०८३, बुधबार

राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन

एसीपी संवाददाता

४ फाल्गुन २०७७, मंगलवार १६:१० मा प्रकाशित

मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाका पक्षमा मोटरसाइकल, कार तथा टयाक्टर ¥याली सहित प्रर्दशन गरिएको हो । ¥यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाका पक्षधरहरुको बृहत सहभागिता रहेको थियो । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको मोटरसाइकल, कार तथा टयाक्टर ¥यालीले नेपालगन्ज नगर परिक्रमा गरेको थियो ।

नेपालको राष्ट्रिय झण्डा सहितको ¥यालीमा सहभागिहरुले नेपाली जनता जागौ, राजा ल्याऔं देश बचाउँ, हिन्दु राष्ट्र घोषणा गर लगायतका नारा लगाएका थिए । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणाद लगायतले संबोेधन गर्दै राष्ट्रिय एकता, अखण्डता र हिन्दु धर्मको जगेर्ना गर्नका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनामा जोड दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x