२८ आश्विन २०८३, बुधबार

नरेन्द्र मोदीद्धारा विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

एसीपी संवाददाता

६ फाल्गुन २०७७, बिहीबार १४:२० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन९सार्क० का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन ।

सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीले भने,‘आज म यो क्षेत्रका देशका नर्स र डाक्टरले यस क्षेत्रमा स्वास्थ्य संकटकाल आइपर्दा सकेसम्म छिटो यात्रा गर्न सकुन् भनेर उनीहरुका लागि विशेष भिसाको योजनाको प्रस्ताव गर्छु ।’ मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुने छ ।

मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्ताव समेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गदै मोदीले नागरिक उड्यन मन्त्रालयलाई सो सम्झौता अगाडि बढाउन समन्वय गर्न समेत आग्रह गरे । त्यसैगरी कोभिड खोपको प्रभावकारीकताको अध्ययन गर्न लागि एक क्षेत्रीय प्लेटफर्मको समेत प्रस्ताव गरेका छन् ।

सो प्लेटफर्मको मुख्य कार्य सूचना संकलन र विश्लेषण हो । भारतीय प्रधानमन्त्री मोदीले भावी दिनमा आइपर्ने महामारी नियन्त्रणका लागि समेत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । गत वर्ष कोरोना महामारी लगत्तै मोदीले सार्क मुलुकका सरकार र राज्य प्रमुखसँग भर्जुअल संवाद गरेका थिए । अनलाइनखबर – साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x