२८ आश्विन २०८३, बुधबार
पूर्वराजा ज्ञानेन्द्र शाहले दिए निषेधको राजनीति गर्नेहरूलाई चेतावनी
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गर्नेहरूलाई चेतावनी दिनुभएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताउनुभयो ।
उहाँले यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएको उल्लेख गर्नुभयो ।उहाँले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।
पूर्वराजा शाहले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भन्नुभएको छ ।इमेजखबर
Subscribe
Login
0 Comments


