२९ आश्विन २०८३, बिहीबार

प्रचण्ड-नेपाललाई भाउँ दिएन काँग्रेसले अब मधेशवादीदलको आशामा

एसीपी संवाददाता

१३ फाल्गुन २०७७, बिहीबार ०७:२८ मा प्रकाशित

अनपेक्षित रुपमा भएको सर्वोच्चको संसद पुनर्स्थापनासंगै नैतिक संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड-नेपाल खेमालाई सत्ता कुनै हालतमा नछोड्ने ढंगले तयारीमा जुटेको खुलेको छ। चौतर्फी राजीनामाका लागि दवाब परे पनि ओलीले सत्ता साझेदारीका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग आन्तरिक छलफल शुरु गरिसकेको जानकारीमा आएको छ।

हिजो प्रचण्ड-नेपालको जोडी देउवालाई भेट्न बुढानिलकण्ठ निवास पुग्नुभन्दा पहिले नै ओलीले देउवासँग सत्ता साझेदारी बारे छलफल गरिसकेको ओली निकट सूत्रले बताएका छन् ।

‘संसद पुनःस्थापना हुँदैमा चिन्ता लिनु पर्ने अवस्था नरहेको दाबी गर्दै ओलीले आफ्ना निकटस्थहरुलाई पहिलेदेखि नै देउवासंग सहकार्यको योजनाबारे कुरा हुँदै गरेको बताएका छन्।

बताइए अनुसार देउवालाई  प्रधानमन्त्री बनाएर महत्वपूर्ण  मन्त्रालय आफ्ना निकटस्थलाई दिलाएर देढ बर्षपछि चुनावमा जाने गरी देउवासंग सहमति निकट पुगेको कुरा ओलीले आँफु निकटलाई बताएको बुझिएको छ।

प्रचण्ड-नेपाल समूहसंग कांग्रेस र जसपाको सरकार बन्ने नौबत आयो भने , त्यो दुई तिहाइको हुने अनि त्यसले राष्ट्रपतिलाई समेत महाभियोग लगाएर बर्खास्त गर्न सक्छ भन्ने ठूलो चिन्ता ओलीको छ। अनि अन्य संवैधानिक नियोगका एकलौटी नियुक्तिमा समेत असर पर्न सक्ने ठानेर ओलीले कुनै हालतमा देउवालाई प्रधानमन्त्रीको ललिपपसहित मनाएर काम गर्न पर्ने निष्कर्ष निकालेका हुन्। देउबालाई प्रयोग गर्दा र सत्तामा रहिरहँदा आफ्ना पक्षका सरकारी सुविधा लिप्तहरुलाई चोइटिएर अर्को समूहमा जानबाट रोक्न सकिन्छ भन्ने पनि ओलीको आशा हो।

तर आँफूलाई ‘संविधान बिरोधी प्रतिगमनका हस्ती ‘ मान्ने समूहले यो समीकरणमा सरकार बनाउन नमान्ने हुनाले काँग्रेसको आन्तरिक कलह चर्किन सक्ने भेउ पाएका ओलीले  कांग्रेस भित्रका लोभी नेताहरुलाई  तत्काल ‘कण्टेन’ गर्न देउवालाई सुझाएका छन्। स्मरण रहोस् कांग्रेसका अर्का शीर्ष र असन्तुष्ट नेता रामचन्द्र पौडेललाई प्रचण्ड-नेपाल खेमाले, माहभियोग लगाई वर्तमान राष्ट्रपति हटाएपछि सोही पदमा ल्याउने आश्वासन पहिलैदेखि दिएको बुझिएको छ। तर उता नेकपा कै अर्का नेता झलनाथलाई पनि, प्रचण्ड-नेपालले सोही पद उधारोमा दिइसकेका छन्। कांग्रेस भित्र खेल्न यस्तो गरिए पनि, पौडेललाई राष्ट्रपति बनाउने योजना भने यो नभएको बताइन्छ। प्रचण्ड-नेपाल पनि कांग्रेसको निर्णायक देउवा नै हुने भएकाले पौडेलमा त्यति विश्वश्त हुन सकेका छैनन्।नेपालदिपबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x