१३ असार २०८३, शनिबार

चीन संग दक्षिण चीन सागरमा बिवाद फिलिपिन्सले सेना तैनात गर्ने

एसीपी संवाददाता

१५ फाल्गुन २०७७, शनिबार ०८:४८ मा प्रकाशित

एजेन्सी । फिलिपिन्स चीन बिवाद बढदै गएको छ । अहिले दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना नागरिकको सुरक्षाका लागि भन्दै फिलिपीन्सले नौसैन्यको उपस्थिती बढाउने बताएको छ । विवावमा रहेको दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना मानिसहरुको सुरक्षाका लागि फिलिपिन्सले थप नौसेना परिचालन गर्ने निर्णय गरेको छ । चीनले विवादित दक्षिण चीन सागरमा विदेशी नौसेनाको विमानमा आक्रमण गर्न सक्ने कानुन ल्याएपछि फिलिपिन्सले कडा निन्दा गरेको थियो ।

चीनसँग युद्ध गर्ने नभएर आफ्ना नागरिकको सुरक्षाका लागि नौसेनाको उपस्थिती बढाउन लागिएको फिलिपिनो नौसेनाका अधिकारीलाई उद्धृत गर्दै

https://www.bangkokpost.com/world/2065339/philippines-to-deploy-more-navy-to-protect-fishermen?fbclid=IwAR0u27J8hMeqDUFcAPTWL_YjY-D3Vstr2CUB9RZXEqCr4XEcHN0MNzhXr94

बैंकक पोष्टले यो समाचार प्रकाशित गरेको छ । विवादित सागरक्षेत्रमा चीनले ९० प्रतिशत क्षेत्र आफ्नो रहेको दाबी गर्दै महत्वपुर्ण रणनीतिक सामुद्री मार्गमा आफ्ना नौसेना खटाउँदै आएको छ । चीन सं बिभिन्न राष््ट्रहरु बीच मतभेद रहेको छ । , दक्षिण चीन सागरमा जापान, फिलिपिन्स, मलेसिया, ब्रुनाइ, ताइवान, भियतनाम लगायत मुलुकहरुले पनि आफ्नो क्षेत्रको दाबी गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x