२९ आश्विन २०८३, बिहीबार

सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने

एसीपी संवाददाता

१८ फाल्गुन २०७७, मंगलवार ०१:२८ मा प्रकाशित

दार्चुला। सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ । भारतको पिथौरागढ जिल्लाको सीमा चौकी गोठीमा सोमबार बसेको सुरक्षा अधिकारीको बैठकमा सबै खाले अपराध नियन्त्रण गर्न एक अर्कामा समन्वय र सहकार्य गर्ने सहमति भएको हो ।

कोरोना भाइरसका कारण लामो समयपछि बसेको दुई देशका सुरक्षा अधिकारीहरूको सीमा बैठकले सीमामा हुने चोरी तस्करी, लागु औषध नियन्त्रण, मानव बेचबिखन तथा ओसार–पसार, शङ्कास्पद सूचनाहरू आदान प्रदान गर्ने बारे सहमति भएको स्रोतले बताएको छ ।

साथै उक्त बैठकमा दुई देश बीचका नागरिकको सम्बन्ध सुमधुर बनाउने, सीमा पुलमा दुवै देशका सुरक्षाकर्मीबाट नागरिकलाई गरिने व्यवहारका विषयमा पनि छलफल र सहमति भएको जनाइएको छ । सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा अपराध नियन्त्रणका लागि गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको छ । 

सीमा बैठकमा भारतबाट अपराध गरेर नेपाल आउने तथा नेपालमा अपराध गरेर भारत जाने व्यक्तिहरूलाई दुई देश बीचका सुरक्षाकर्मीसंगको समन्वयमा नियन्त्रणमा लिई जिम्मा लगाउने विषयमा समेत सहमति र छलफल भएको सुरक्षा स्रोतले जनाएको छ । 

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, दार्चुला भन्सार कार्यालयका प्रतिनिधि लगायत अन्य सुरक्षाकर्मीको उपस्थिति रहेको थियो भने भारतका तर्फबाट भारतीय सेनाका मेजर आनन्द कुमार, एसएसबीका सहायक कमाण्डेन्ट रामचन्द्र सिंहको उपस्थिति रहेको थियो ।हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x