२९ आश्विन २०८३, बिहीबार

चीनद्वारा नेपाली भूमि अतिक्रमण

एसीपी संवाददाता

२० फाल्गुन २०७७, बिहीबार १०:०० मा प्रकाशित

चीनले नेपाली भूमि अतिक्रमणको क्रम अझै रोकेको छैन । हुम्लामा भौतिक संरचनाहरु बनाएर भूमि अतिक्रमण गरेको चीनले फेरि ताप्लेजुङको ओलाङचुङगोलामा पनि संरचनाहरु बनाएको पाइएको छ । 

नेपाल-चीन सीमा अध्ययन-२०२१ को रिपोर्ट अनुसार चीनले नेपालका तीनवटा जिल्लामा चीनले भूमि अतिक्रमण गरेको पाइएको हो । नेपाल मानवअधिकार संगठनले तयार गरेको उक्त प्रतिवेदन अनुसार ताप्लेजुङको तिप्तला भञ्‍याङमा पनि चिनियाँद्वारा नेपाली भूमि अतिक्रमण गरेको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, “उत्तरी सीमा क्षेत्र तिप्तला भञ्‍याङमा चिनियाँ अतिक्रमण देखिन्छ । त्यसैगरि ओलाङचुङ गोलाका स्थानीय अनुसार चीनले नेपाली भूमिमा भन्सार कार्यालयको संरचना बनाएको छ ।”

प्रतिवेदनमा गेटसहितको उक्त भवन चिनियाँ भूमि पर्ने चिनियाँ अधिकारीहरुले बताएको उल्लेख छ । प्रतिवेदनमा थप भनिएको छ, “स्थानीयहरुले विरोध गरेपछि चिनियाँ पक्षले नो म्यान्स ल्याण्डमा उक्त संरचनाहरु बनाएको बताएका थिए । तर, सरकारी अधिकारीहरुसँग बुझ्‍दा उत्तरी सीमा क्षेत्रमा कुनै नो म्यान्स ल्यान्ड निर्धारण नगरिएको पाइएको छ ।”

ओलाङचुङ गोलाका स्थानीयहरुले भने चिनियाँ पक्षले उक्त भवनहरु नेपाली भूमिमा बनाएको बताइरहेका छन् । मिडियाडबलीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x