६ कार्तिक २०८१, मंगलवार

थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य अवस्था खराब भएपछि अनसन स्थलमै सलाईन-पानी, चौथो दिन सम्मापनि सरकार मौन

एसीपी संवाददाता

४ फाल्गुन २०७६, आईतवार १३:४६ मा प्रकाशित

धनगढी, ४ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु आमरण अनशन बसेको चौथो दिन सम्मापनि सरकार मौन भएको छ । उनको स्वास्थ्य अवस्था खराब भएपछि अनसन स्थलमै सलाईन-पानी दिएकाे ।

फागुन १ गतेदेखि आमरण अनसनमा बसेका थारुको स्वास्थ्य अवस्था नाजुक भएपछि डाक्टर जगदिश जोशीले सलाईन-पानी दिएका हुन् । उनको शरीरमा सुख्खापन देखिएको र मुटुको धडकनमा पनि बढ्दै गएको बताए । खाना नखाई बस्दा शरीरको बाह्य तथा आन्तरिक रुपमा असर गर्ने गरेको बताउदै, डाक्टर जोशीले अस्पतालमै भर्नाकोलागि सल्लाह दिए ।नेता थारु माग पुरा नहुन्जेल आफू अनसन स्थल छोडेर कहि नजाने जिकिर गरेपछि उनलाई अनसन स्थलमै उपचार शुरु गरेको हो ।

फोटो – समाजिक संजाल फेसबुक / मिनराज थारु बाट

मोर्चाका संयोजक थारुलाई शुक्रबारदेखि टाउको दुख्नेलगायत समस्या देखिएको बताइएको छ ।कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाइ रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग राख्दै आमरण अनसनमा बसेका छन् भने मोर्चाले धनगढीमा शुक्रबारदेखि प्रदर्शन गर्दै आएको छ ।अनसन बसेको चौथो दिनमा राष्ट्यि मानब अधिकार आयोग र इन्सेक कैलालीको टोली अनसन स्थलमै आएर नेता थारुको स्वास्थ्य अवस्था बझेको मोर्चको केन्द्रीय प्रवक्ता मिनराज थारुले जानकारी दिए । उनले भने थारुहरु आफ्नो अधिकारलागि जायज माग राख्द समेत सरकार कानमा तेल हालेर मुखदर्शक बनेको बताए । प्रवक्ता थारुले भने, यदि हाम्रो माग सुनुवाई भएन भने सोमबार बृहट सभा गरेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाए । सभार / केर्नी न्युज  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x