२८ आश्विन २०८३, बुधबार

प्रजातान्त्रिक पद्धतिको माङ गर्नेहरु चिनियाँ प्रहरीको नियन्त्रणमा

एसीपी संवाददाता

२२ फाल्गुन २०७७, शनिबार १०:३६ मा प्रकाशित

हङकङ प्रजातान्त्रिक पद्धतिको विरुद्ध चीन नेताहरु माथी मुद्दा चलाई रहेको छ । चीन ताईवान र हङकङले प्रजातान्त्र र आफ्नो अधिकार माग्दै आएका छन् । एक समाचार अनुसार हङ्कङका नागरिकलाई लन्डनमा बसाउने भनाई आएको छ । लन्डनमा ईच्छा ले आउने लाई नागरिकता दिन तयार रहेको बताएका छन् । उता सिन्ज्याङ छेत्रमा चीनले उईगर मुस्लिममाथी दमन समेत गरि रहेको मानव अधिकार संगठनले जनाएको छ । चीनको दादागिरि ताईवानले समेत मान्न तयार नरहेको बताउदै आएको छ । येता हङकङमा राज्य प्रणालीमा क्षति पुर्‍याएको मुद्दामा पक्राउ परेका ४७ मध्ये १५ प्रजातन्त्रवादी नेताले जमानत पाएका छन् । अदालतमा सुनुवाइको क्रममा १५ जनाले जमानत पाएका हुन् । तर, सबैजना अझै केही समय हिरासतमा नै बस्नेछन् । हङकङको न्याय विभागले उनीहरुलाई जमानत दिने निर्णयविरुद्ध अपिल गरेको कारण यसबारे फैसला नआउँदासम्म उनीहरुलाई हिरासतमा नै राखिनेछ । अहिले चीनमा आफ्नो स्वतन्त्रता अधिकार मागदै ताईवान् र हङकङमा आन्दोलन हुदै आएको छ ।
चीनले गत वर्ष हङकङका लागि ल्याएको सुरक्षा कानुनअन्तर्गत उनीहरु पक्राउ परेका थिए । चीनले हङकङको स्थायित्वको लागि सुरक्षा कानुनको आवश्यकता रहेको बताएको थियो । गत महिला पक्राउ परेका ५५ जनाको समुहमा ४७ जना प्रजातन्त्रवादी नेताहरु थिए । चीनले हङकङको आन्दोलनमा अमेरिकी सम्म्लङ्ता रहेको आरोप लगाई रहेको छ । थुनुवामा रहेको हरुमाथि दायर गरिएको राज्य प्रणालीमा क्षति पुर्‍याएको मुद्दाअनुसार उनीहरुलाई जन्मकैदसम्मको सजाय हुन सक्ने व्यवस्था छ ।

गत सोमबारदेखि उनीहरुको जमानतको विषयमा सुनुवाइ सुरु भएको थियो । अदालतमा प्रजातन्त्र पक्षधर समर्थकहरुको उल्लेख्य भीड देखिएसँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरोपीहरुको संख्या ठूलो भएकाले अदालतमा उनीहरुका वकिल र अभियोजकहरुलाई मात्र प्रवेश दिइएको थियो । यता विभिन्न समाचारमा चीनले उईगर मुस्लिमहरु माथि हिसात्मक , गतिविधि गरि रहेको बिबिसीले समाचार प्रसारण गरेको छ । उता चीन बिबिसी माथी प्रतिबन्ध र धम्की दिदै आएको छ ।
-एजेन्सीहरुको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x