ओली पक्षद्वारा सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार
ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णयसाविक नेकपा ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय भएको सांसद खिमलाल भट्टराईले जानकारी दिनुभयो । । बैठकमा ओलीले सर्वोच्चकोे फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताउनुभएको थियो । ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले विश्वासको मत लिने र सरकारलाई अघि बढाउने पनि बताउनुभएको भट्टराईले बताउनुभयो । बैठकमा अओलीले प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टि पनि जनाउनुभएको थियो । सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको भट्टराईले बताउनुभयो ।
यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताउनुभएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।


