२८ आश्विन २०८३, बुधबार

विश्व मिर्गौला दिवसका अवसरमा विभिन्न कार्यक्रम

एसीपी संवाददाता

२७ फाल्गुन २०७७, बिहीबार १०:४८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ ।

विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहनुभएको जानकारीसमेत दिनुभयो । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उहाँले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै  सजग हुनुपर्ने  बताउनुभयो । पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो ।

विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मिर्गौला रोग लाग्छ । मिर्गौला बिग्रिएपछि प्रत्यारोपण र रक्तशुद्धीकरण दुई मात्र विकल्प हुन्छ । सरकारले मिर्गौला प्रत्यारोपण र रक्तशुद्धीकरणको निःशुल्क व्यवस्था गरेको छ । ‘मिर्गौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित बिहीबार नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x