२९ आश्विन २०८३, बिहीबार

युवा नै देश विकासको प्रमुख आधार हो-नेविसंघ नेता भट्ट

एसीपी संवाददाता

२९ फाल्गुन २०७७, शनिबार १४:४२ मा प्रकाशित

नेपालको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक समस्याको समाधान त्यही युवाबाट हुन्छ भन्ने कुरा नेपाली समाज र देशले बुझनुपर्छ, युवालाई चिन्न सक्नुपर्छ अनि विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिनबाट रोक्नु पर्छ । नेपालको विधि र विधानमा युवा हुनुर्पर्छ, नेपालको राजनीतिले बुझ्पनुर्छ, युवाको क्षमता, युवा आन्दोलन र चुनावी प्रचारका साधन मात्र होइन कि भोलि देश हाक्ने नै युवा हुन भन्ने नेपाल विद्यार्थी संघ का नेता रोशन भट्ट ले दाबि गरेका छन्।
प्रविधिका खानी, परिवर्तनका सम्वाहग, सुरक्षाका योद्धा, प्रकाशका ज्योति, यात्राका लागी सडक र कृषिको लागी युवा हुन् ।युग परिवर्तनका सम्वाहक विदेशिने भए देश कसका लागी छोड्ने बुढापाकाका लागी- बलिया, आटिला, साहसी विदेश गएका युवा उमेर ढल्केपछी मर्नका लागी नेपाल फर्किने वा मरेर लाशमात्र फर्किने हैन भने नेपाली युवालाई पहिचान गरी युवाको सक्रियतामा समृद्ध नेपाल बनाउन जरुरी रहेको नेता भट्ट बताएका छन्।
नेपाली युवा जसले देश परिवर्तन समेत गरी देशलाई आर्थिक सम्वृदि तिर अगाडी बर्ढाई समुन्नत विकासशिल रोजगारमूलक राष्ट्र बनाउन सक्छन् युवा । त्यसकारण युवा शक्ति नै देशका मेरुदण्ड नै हुन् । फलस्वरुप जसरी शरिरका प्रत्येक अंग चलाउनका लागी मेरुदण्डको महत्वपुर्ण स्थान रहन्छ । त्यसै गरी देश विकास गर्नका लागी युवा शक्ति नै हुनु पर्दछ ताकि राजनीति शक्ति पार्टी नारा जुलुस, हुलदंगा बन्द, हडतालमा मात्र सहभागी नभई देश विकासका लागी युवा नेतृत्वको अहम भूमिका रहने ने वि संघ नेता भट्ट ले दाबि गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
प्रदीप भट्ट
प्रदीप भट्ट
5 years ago

धन्यवाद भाईलाई
एकदमै गम्भीरता का साथ ,समयसापेक्ष का कुराहरू ल्याउनु भएको मा धेरै धरै धन्यवाद ।

पक्कै पनि युवाहरू देश का खम्बा हुन ।
निति ,नियम, सिद्धान्त , विचार हरु लाई किताबको को पाना मा लेखि र ती पानाहरु पढेर मात्र साध्य छैन, ती विचार हरु , सिद्धान्त हरु , नितिनियमहरु सबै व्यबहार मा लागू गर्नु युवा हरुलेमात्र सक्छन् । समर्थन गरौ युवाहरूलाई …..
युवाहरुको जोस जागर……

1
0
Would love your thoughts, please comment.x
()
x