२७ श्रावण २०८३, बुधबार

चर्चित बलिउड अभिनेत्री दिशा पटानि

एसीपी संवाददाता

१ चैत्र २०७७, आईतवार ०४:०५ मा प्रकाशित

एजेन्सी(चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् ।विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिए ।
यति सम्मकी उक्त व्यक्तिले दिशाको पछि लाग्दै सपिङ मल, होटल, फिल्म हलदेखि सबै ठाँउमा उनकै पछि लागेको बताइएको छ ।दिशासँग भेट्न नदिएको भन्दै उक्त मान्छेले होटलका कर्मचारीहरुसँग पनि झगडा गरेपछि उनी डराएकी थिएन् । त्यसपछि अंगरक्षक राख्ने निर्णय गरेको बताइएको छ ।

यने पनि पढ्नुहोस्:विजय खड्गी स्मृति गोल्डकप चितवनमा-वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।

यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्रगतिमा भइरहेको जनाइएको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारापिट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । प्यारापिट तीन हजार दर्शक क्षमताको हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने सङ्घका महासचिव एवं प्रतियोगिताका सञ्चार संयोजक रामहरि ढकालले बताउनुभयो । प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौँ, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश नं २ को वाग्मती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले रु पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले रु २० हजार तथा विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले रु १०–१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि रु २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर–१३ र अण्डर–१४ गरी दुई उमेर समूहका खेल खेल्नुभएको थियो । कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उहाँका एक छोरा छन् । प्रतियोगिताबाट बचेको रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

त्यस्तैगरी यो पनि पढ्नुहोस्:वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई-अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानले आख्यानकार नारायण ढकाललाई सम्मान गरेको छ ।
समाजको २२९औँ साहित्यिक शृङ्खलाका अवसरमा शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुरस्कार एवं सम्मान वितरण गर्नुभयो । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले लेख्नुभएको कोरोनाबाट प्रभावित भई एकान्तवासमा रहनुभएका बेला लेख्नुभएको महाकाव्य ‘अछूत’ को लोकार्पणसमेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपकुलपति गुरुङले काठमाडौँ उपत्यकाको काँठे संस्कृतिको अध्ययन अनुसन्धानमा अभिनव साहित्य समाजले काम गर्नु एवं गराउनुपर्ने र त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको भनाइ राख्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वयले साहित्यिक गतिविधिको प्रशंसा गर्दै हौसला प्रदान गरेको मन्तव्य राख्नुभयो ।

समारोहमा वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, साहित्यकार कोषराज न्यौपाने र बमबहादुर जितालीले पुरस्कार एवं सम्मानले स्रष्टालाई हौसला मिल्ने बताउनुभयो । मेनका पोखरेल आचार्यले सम्मानित व्यक्तित्वद्वयको कृतित्व र व्यक्तित्वका विषयमा र परशुराम पराजुलीले लोकार्पित पुस्तकका विषयमा प्रकाश पार्नुभएको थियो । साहित्यकार घिमिरेले कोरोना भाइरस सङ्क्रमित भएका बेलाका अनुभव पुस्तकमा उतार्नुभएको जनाइएको छ ।

कार्यक्रममा २२९औँ नियमित कवि गोष्ठीअन्तर्गत सुशील आचार्य, बद्रीप्रसाद सुवेदी, गोविन्द महत, डा शेषराज आचार्य, ओम कोइराला, मानन्धर अभागी, खोलोघरे साइलो, सिर्जना शर्मा, दिव्यलक्ष्मी पोखरेल, शान्ति रिसाल, दुर्गा अधिकारी, अच्युत पौडेल चिन्तन, गणेश खतिवडालगायत कवि एवं कवयित्रीले कविता वाचन गर्नुभएको थियो । सय भन्दा बढी साहित्यकारको उपस्थिति रहेको सो कार्यक्रममा धेरैले रचना वाचन गर्नुभएको थियो । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटीमा कवि गोष्ठी आयोजना गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x