२८ आश्विन २०८३, बुधबार

नेपालमा कम्युनिस्ट रहुन्जेल देश बिकास असंभव

एसीपी संवाददाता

२ चैत्र २०७७, सोमबार १०:१० मा प्रकाशित

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको प्रथम अधिबेशन सम्पन्न भएको छ । भारतको फरिदावादमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्न नेपालबाट पूर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजंग बहादुर सिंह, संघिय सांसद प्रकाश स्नेही, युवा नेता रत्नहरी ढुंगेल, नारायण हमाल लगायत पुगेका थिए । साथै अधिबेशनलाई भारतिय एन आइ टि-६८ का विधायक निरज शर्माले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री सिंहले नेपाल सरकारले प्रवासिको पीडा बुझ्न नसकेको बताए भने सांसद स्नेहीले गरिबी र अशिक्षाका कारण नै नेपालीले प्रवासी जीवन बिताउन बाध्य हुनुपरेको र नेपालमा कम्युनिस्ट रहुन्जेल यो दर बढ्दै जाने भएकाले देशमा कम्युनिस्टको अन्त्य नहुन्जेल नेपालीले प्रवासी जीवनबाट मुक्ति नपाउने बताए ।

भारतीय एन टि आइ बिधायक शर्माले नेपाल भारत सम्बन्ध संसारकै उदारणिय रहेको र भबिष्यमा यो भाइचारा अझ प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गरे ।

युवा नेता ढुंगेलले भारतको हरेक जग्गामा नेपालीहरुको रगत पोखिएको छ, पसिना बगेको छ  बताउँदै भारतलाई अङ्ग्रेजको पन्जाबाट मुक्त दिलाउन बीपी कोइराला लगायत नेतागण जेल परेकाे स्मरण गराए । भारत स्वतन्त्रताकाे विभिन्न आन्दाेलनमा थुप्रै नेपालीले योगदान दिएका बताउँदै भारतले नेपाल र नेपालीलाई उँचो सम्मान गर्नुपर्ने बताए ।

‘कुनै समय विश्वमा गोर्खाली सेना हुनेहरुले सबथोक जित्ने विश्वास गर्थे, त्यो विजेता हो गोर्खाज’ ढुंगेलले थपे ‘त्यसैले नेपाली दाजुभाइ दिदिबहिनी प्रवासमा पनि उँचो शिर गरेर कर्म गर्न सक्ने बताए साथै संसार भरिका प्रवासी नेपालीलाई छिटै देश फर्कने वातावरण बनाउन राजनीतिक नेतृत्व लाग्नुपर्छ ।’

युवा नेता हमालले ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारले देशको छबि नै बिगार्दै गएकाेले यसबाट प्रवासी नेपालीलाई  हामि भन्दा धेरै पीडा भएकाे उल्लेख गरे ।

‘निकट भबिष्य मै नेपाली कांग्रेसको सरकार बन्दैछ हामी सुधार्छौं तपाइँहरुलाई स्वदेश मै अवसर सिर्जना गराउँछौँ’ उनले भने । अधिबेशनले गोबिन्द खातिको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्विरोध चयन गरेको प्रवासबाट दयाराम रोकायले जानकारी दिए ।गाउँशहर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x