२८ आश्विन २०८३, बुधबार

निर्मला पन्तको हत्यामा गृहमन्त्री बादलको संलग्नता

एसीपी संवाददाता

३ चैत्र २०७७, मंगलवार ०२:३९ मा प्रकाशित

धनगढी : लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मला पन्तको हत्यामा गृहमन्त्री राम बहादुर थापा बादलको संलग्नता रहेको आरोप लगाएका छन्। संग्रौलाले फेसबुकमार्फत थापामाथि आरोप लगाएका हुन्।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन्। उनले निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए। 

निर्मलाको हत्यामा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ। आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ।

संग्रौलाले लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ‘बादल’ को संम्लग्नताले उनी निरीह बने। उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।’ दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x