२८ आश्विन २०८३, बुधबार
नेपाल र खनाल पक्षको बैठकले भेलालाई नरोक्ने
नेकपा एमालेका बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
काठमाडौंमा सोमबार बसेको नेपाल र खनाल पक्षको बैठकले भेलालाई नरोक्ने भन्दै प्रभावकारी बनाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।
चैत्र ४ र ५ गतेको लागि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई आगामी बाटो देखाउने उहाले बताउनुभयो । भेलामा सहभागी कार्यकर्ताको सुझावका आधारमा अघि बढ्ने तयारी भएको उहाले बताउनुभयो । बैठकमा माधव नेपालले सोमबार बिहान केपी ओलीपक्षसंग भएको छलफलका बारेमा जानकारी गराउनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।
बैठकले ओलीको चियापानमा नजाने निर्णय गरेको बताइएको छ ।
Subscribe
Login
0 Comments


