२१ कार्तिक २०८३, शुक्रबार
नायिका अनु शाह आज बाट ३१ वर्षमा
एजेन्सी । नायिका अनु शाहको आज जन्मदिन हो । ०७७ साल चैत ९ गतेबाट अनु ३१ वर्षमा प्रवेश गरेकी छिन् । पशुपतिमा पूजा गरेर अनुले आफ्नो जन्मदिनको सुरुवात गरेकी छिन् ।
अनु शाहले ‘द् युग देखि युगसम्म’ बाट फिल्म क्षेत्रमा डेव्यु गरेकी हुन् । यो सँगै उनले एक दर्जन फिल्महरुमा अभिनय गरेकी छिन् । ‘धर्मा’, ‘नागरिक’, ‘बाजिगर’, ‘लक्ष्य’, ‘भैरव’ लगायत उनले अभिनय गरेका फिल्महरु हुन् ।
अनुले फिल्म भन्दा ज्यादा म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । ८ भन्दा बढी भिडियोमा अनुलाई देख्न सकिन्छ ।
अनुको प्रेम नायक सविन श्रेष्ठसँग मौलाउँदै आइरहेको छ । सविनसँग अनुको विवाह चाँडै होस् अनुलाई जन्मदिनको यही कामना !
Subscribe
Login
0 Comments


