५ आश्विन २०८३, सोमबार

आज दुर्गेश थापा आउदै, बैधानिक रुपमा संचालित महोत्सव प्रति प्रशासन सकारात्मक

एसीपी संवाददाता

१६ चैत्र २०७७, सोमबार ०१:१९ मा प्रकाशित

स्वास्थ्य सम्बन्धित सम्पुर्ण मापदण्ड पूरा गर्नु पर्ने प्रशासनको सर्त

१५ चैत, बाँके । नेपालगन्जमा ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा संचालित तेस्रो नेपालगन्ज महोत्सव २०७७ मा आज गायक दुर्गेश थापा लगायतका आधा दर्जन राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकारहरुको प्रस्तुति रह्ने आयोजकले जनाएको छ ।

महोत्सवमा आज गायक दुर्गेश थापा, गायक सम्राट चौलागाई, गायक योगेश काजी, डि. जे.बि.जे., गायक रबि रिमाल डान्सर सबिता भुसाल, लगायत आधा दर्जन कलाकारहरुको प्रस्तुति रह्ने छ । त्यस्तै नेपालगन्ज डान्स आइडल सगरमाथा डान्स ग्रुप, व्यापारिक स्थल बाल उघामका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रह्ने सचिवालयले जनाएको छ । महोत्सव निरन्तर २२ गते सम्म दिनहुँ ११ बजे देखि रात्री ८ बजे सम्म संचालन हुनेछ ।

महोत्सव भर राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सर्जना खत्री, प्रिती आल, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खान, बाल कलाकार सचिन परियार, सिरजु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरोसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रह्नेछ ।

उक्त महोत्सवमा संरक्षणमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ भने मुख्य मिडिया पार्टनरमा नील खबर अन्लाईन र कृष्णासार एफ एम छन ।

बिगत दुई महिना अगाडी देखि नै ए.जी. सर्भिस प्रा. लि. ले तेस्रो नेपालगन्ज महोत्सव २०७७ आयोजना गर्दै अगाडि बढेको छ ।

उक्त कम्पनीले आवस्यक सबै कानुनी प्रक्रिया तथा प्रशासनको अनुमति लिएर “समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित चैत १२ गते देखि महोत्सव संचालन गरेको हो । नेपालीहरुको मनबाट कोरोना भाइरस संक्रमणको भय-त्रासलाई चिर्नका लागि संचालित तेस्रो नेपालगन्ज महोत्सवमा सबै जना सहभागी भइ महोत्सवको आनन्द उठाउन अध्यक्ष नन्द बहादुर बुढाले अनुरोध गरेका छन ।

भारतमा कोरोना भाइरसको संक्रमण बढदै गरेको भए पनि अहिले नेपालमा अवस्था सामान्य नै छ । खुल्ला सिमानाका कारण नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढन सक्ने भएको हुँदा अहिले सिमानाकाको विषयमा प्रशासन सकृय भएको देखिन्छ ।

सो विषयलाई मध्यनजर गर्दै प्रशासन लगायतका सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त महोत्सव संचालन गर्न सकिने प्रशासनले समेत सकारात्मक रहेको आयोजकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले फागु पुर्णिामा (होली) सम्बन्धित शनिबार सुचना जारी गर्दै होली खेल्दा सजगता अपनाउन आग्रह गरेको छ ।

तर महोत्सवको आयोजक अनुसार मेलामा होली सम्बन्धित कुनै कार्यक्रम छैन । महोत्सवमा होली खेल्न नदिईने महोत्सव स्थित सचिवालयले जनाएको छ ।

आयोजक अनुसार प्रशासनले आज बिहान महोत्सव संचालन गर्न रोक लगाए पनि प्रशासनको दिउँसो बसेको बैठकले संचालन गर्न दिने जनाएको छ । अध्यक्ष अनुसार अब महोत्सवमा प्रशासनको कुनै रुकावट नरह्ने र २२ गते सम्म निरन्तर संचालन हुनेछ ।

ए.जी. सर्भिस प्रालिका अध्यक्ष नन्द बहादुर बुढाले भने, ” हामीले महोत्सव संचालन गर्न नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके लगायतका सम्बन्धित निकायहरुबाट स्वीकृती लिएर अगाडि बढेका छाैं । रोक्ने नै छ भने उद्घाटन समारोह अगाडी नै रोक लगाउनु पर्ने थियो ।”

अध्यक्ष बुढाले भने, “नेपाल सरकारले जारी गरेको सबै मापदण्ड पूरा गरेरै हामीले महोत्सव संचालन गरेका छाै । माक्सको फ्री व्यवस्था गरिएको छ । सेनिटाईजर लगायतका सजकता अपनाएर अगाडि बढीरहेका छाैं ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x