६ कार्तिक २०८१, मंगलवार

मिस्टर स्कुल बाके सिजन २ बिबेक गौतम र मिस स्कुल बाके सिजन २ आयुषा सुनुवार घोसित

एसीपी संवाददाता

१० फाल्गुन २०७६, शनिबार ०७:४५ मा प्रकाशित

बब्लु शेख – फागुन १० । नेपालगंज मिस्टर एण्ड मिस स्कुल बाकेको ग्रान्ड फिनाले नेपालगंजमा सम्पन्न भएको छ । पि के इभेन्ट प्रा लि को आयोजनामा ग्रान्ड फिनालेबाट ७ प्रतिस्पर्धीबाट मिस्टर स्कुल बाके सिजन २ मा बिबेक गौतम र मिस स्कुल बाके सिजन २ मा आयुषा सुनुवार घोसित भयका छन् । बिबेक गौतम ब्रिटिस स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् भने आयुषा सुनुवार पशुपति स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।बालबालिका तथा युवाहरुको ब्यक्त्तित्व तथा नेतृत्त्व बिकास गर्ने मुख्य अभिप्रायले सो कार्यक्रम संचालन गरिरहेको पिके इभेन्ट प्रा लिका संचालक प्रकाश कुवरले बताउनु भयो ।
फाइनलको मुल्यांकनकर्ताको रुपमा यस क्षेत्रमा ख्याति प्राप्त अन्जन कुवर, सेन्जल पौडेल , दुर्गा थापा रहेको प्रमुख कुवरले बताउनु भयो । सो प्रतियोगितामा जमुना बोहरा ,सेजल शर्मा,आकृति ज्ञावाली,सुयोग आचार्य, आयुषा सुनुवार, बिबेक गौतम र नेहा थापा सहभागी भएका थिए । बिजेता मिस्टर स्कुल बाके सिजन २ मा बिबेक गौतम र मिस स्कुल बाके सिजन २ मा आयुषा सुनुवारलाई भारतमा हुने इभेन्टमा सहभागी हुन पाउने आयोजकले जनाएको छ। कार्यक्रमको संचालन ममता थापाले गरेकी थिइन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x