४ आश्विन २०८३, आईतवार

गिरी रेडियो नेपालको उत्कृष्ट संवाददाता

एसीपी संवाददाता

२१ चैत्र २०७७, शनिबार ०९:०९ मा प्रकाशित

नेपालगन्ज । रेडियो नेपालका बाँके संवाददाता नवीन गिरी उत्कृष्ट संवाददाताबाट सम्मानित हुनुभएको छ ।

रेडियो नेपालको ७१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा गिरी सम्मानित हुनुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गिरीलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

२०६२ देखि दाङ संवाददाताको रुपमा काम गर्नुभएका गिरी २०६७ देखि बाँके संवाददाताका रुपमा हुनुहुन्छ । बागेश्वरीपोष्ट डटकमको प्रधान सम्पादक गिरी नेपालगन्जको रेडियो सद्भावका स्टेशन प्रमुख पनि हुनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x