४ आश्विन २०८३, आईतवार

ब्राउन सुगर सहित गब्बर प्रहरीको नियन्त्रणमा

एसीपी संवाददाता

३१ चैत्र २०७७, मंगलवार १६:३७ मा प्रकाशित

नेपालगञ्ज :  बाँके प्रहरीले १५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका गब्बारलाई चौलिकामा रहेको प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध ब्युरो र सिमा प्रहरी कार्यालय जयसपुरबाट खटिएको टोलिले चेकजांचको क्रममा पक्राउ गरिएको हो ।

अभियुक्त गब्बारले हाफ पाइन्टको दाहिने गोजिमा लुकाइ ल्याएको अबस्थामा लागू औषध ब्राउन फेला परेको हो । पक्राउ परेका गब्बारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको सिमा प्रहरी चौकीका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x