२१ कार्तिक २०८३, शुक्रबार

भेरी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण

एसीपी संवाददाता

१ बैशाख २०७८, बुधबार ०९:४९ मा प्रकाशित

श्याम कुमार शाहु । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १३ नमुना परीक्षण गरिएकोमा आधाभन्दा बढीमा भाइरस संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

पछिल्लो केही दिनदेखि डर लाग्दोगरी संक्रमण फैलिन थालेको छ । संक्रमण पुष्टि भएकाहरुम बालबालिकादेखि जेष्ठ नागरिकसम्म छन् ।

द्रूत गतिमा भाइरस संक्रमण फैलिरहेको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सबैमा अपिल गरेका छन् । यसै बिच

बाँकेमा उपचाररत कैलालीका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा १ का ३७ वर्षीय पुरुषको गएराति  भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यो संगै बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका ९२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x