४ आश्विन २०८३, आईतवार

महासंघमा निर्वाचित अवधी भाषी पत्रकारलाई गरियो सम्मान

एसीपी संवाददाता

४ बैशाख २०७८, शनिबार १७:१५ मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज
नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई अवधी पत्रकार संघ नेपालको जिल्ला कार्यसमिति बाके ले स्वागत सम्मान तथा शुभकामना आदानप्रदानको कार्यक्रम गरेको छ।

सम्मान कार्यक्रम शनिवार नेपालगन्ज-४ शिवपार्वती मन्दिर प्राङ्गणमा,अवधी पत्रकार संघ भवन निर्माण स्थलमा सम्पन्न गरेको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी,प्रदेश परिषदका मेराज सल्मानी,सदस्य तर्फ भीष्म लोध,जावेद अन्सारी,जावेद हलुवाईलाई सम्मान गरेको छ।प्रदेश परिषदका मुस्ताक अहमद जसगढ,सदस्य दिनेश ठाकुर अस्वस्थ भएको कारण कार्यक्रममा अनुपस्थित रहेका थिए।

स्वागत,सम्मान कार्यक्रममा पत्रकार महासंघका संस्थापक वरिष्ठ पत्रकार लियाकत अलि,समाजसेवी एवं जग्गादाता माधवराम वर्मा,स्थानीय अग्रज पत्रकारहरु,विभिन्न वडाको वडा अध्यक्ष,सामाजिक अगुवाहरु लगायत छिमेकी मित्र रास्ट्र भारतको जिल्ला बहराइचको पत्रीका न्युज डेलीका सम्पादक कुवर दिवाकर सिह, न्युजका सम्वाददाता तथा जी न्युजको सम्वाददाता लगायत अन्य भारतीय सम्वादाताहरु सहभागी भएका थिए।

यसैगरी संघ की सदस्यीय सन्ध्या शर्माले संचालन गरेको कार्यक्रम संघको उपाध्यक्ष नन्दलाल साहूको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संघको अध्यक्ष चन्द्रेश्वर त्रिपाठीले सबैलाई स्वागत,सम्मान गर्दै नववर्षको शुभकामना सहित आफ्ना भनाइ राख्दै समापन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x