४ आश्विन २०८३, आईतवार

नेपालगन्जमा महङो अक्सिमिटर बेच्ने मेडिकल कारवाहीमा

एसीपी संवाददाता

२४ जेष्ठ २०७८, सोमबार ०७:५९ मा प्रकाशित

नेपालगन्जः शरिरको अक्सिजन प्रतिशत मापनका लागि प्रयोग गरिने अक्सिमिटर चर्को मूल्यमा विक्री गरेको पाइएपछि नेपालगन्जको इशा मेडिकल हल तत्कालका लागि बन्द गरिएको छ ।

२ हजार २ सय खरिद मूल्य पर्ने उक्त अक्सिमिटर यो मेडिकलले ३ हजार एक सयमा विक्री गरेको पाइएपछि जरिवाना सहित तत्कालका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २ हजार २ सयमा खरिद गरिएको अक्सिमिटर यो मेडिकलले बील सच्चाएर २ हजार ८ सयमा खरिद गरेको देखाएको छ । खरिद मूल्यको करिव २० प्रतिशत नाफा लिएर विक्री गर्न पाइने भएपछि उस्ले ३ हजार एक सयमा अक्सिमिटर विक्रीवितरण गरेको थियो ।

अक्सिमिटर चर्को मूल्यमा विक्री भइरहेको जनगुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अक्सिमिटर चर्को मूल्यमा विक्री वितरण गरेको पाइएपछि समितिले दुई लाख जरिवाना गरेको हो ।

औषधि व्यवस्था विभाग शाखा कार्यालयका अनुसार, अनुगमनका क्रममा औषधि विक्रीका लागि स्विकृत प्राप्त व्यवसायी समेत नभेटिएको पाइएको छ । त्यही भएर मेडिकलका संचालकलाई औषधि व्यवस्था विभागमा हाजिर हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x