५ आश्विन २०८३, सोमबार
नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटियो
काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटिएको छ ।
मंगलबार बिहान मानिसको घुँडामुनिको खुट्टाको भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै स्थानीयले मानिसको खुट्टा देखेपछि प्रहरीलाई शव भेटिएको भनेर खबर गरेका थिए ।
घटनाबारे जानकारी हुनेबितिकै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । खुट्टा र घुँडाको भाग मात्रै फेला परेको र पोष्टमार्टमका लागि पठाइएको उहाले बताउनुभयो ।
अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments


