२८ आश्विन २०८३, बुधबार

चीनको सैन्य तथा परमाणु क्षमता बिश्वलाई खतरा नेटोको भनाई प्रती चिनको आपत्ति

एसीपी संवाददाता

४ असार २०७८, शुक्रबार ०७:५३ मा प्रकाशित

बेइजिङ: चिनियाँ अधिकारीले आफ्नो सैन्य क्षमताको शान्तिपूर्ण विकासलाई नेटोले बदनाम गरिदिएको आरोप लगाएका छन् ।

नेटो यूरोप र उत्तर अमेरिकी ३० शक्तिशाली देशहरुको राजनीतिक र सैन्य गठबन्धन हो । ब्रसेल्समा नेटो सम्मेलनपछि नेताहरुले चीनको सैन्य तथा परमाणु क्षमता विस्तार चुनौतिपूर्ण रहेको भन्दै चेतावनी दिएका थिए।

चीनको गतिविधिमाथि नेटोले गरेको टिप्पणीलाई लिएर जवाफ स्वरुप चीनले उसलाई आफ्नो उर्जा संवादका लागि खर्चिन सुझाव दिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनको रक्षा नीति आत्मरक्षाको प्रयोजनमा केन्द्रित छ ।

चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै नेटोका अधिकारीहरुले चीनको गतिविधिमाथि टिप्पणी गरेका थिए । नेटोका जेन्स स्टोल्टेनबर्गले चिनियाँ गतिविधिको विरोध गर्दै चीनलाई चेतावनी समेत दिएका थिए ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि नेटोको कोषको स्रोत र संगठनको उद्देश्यलाई लिएर विवाद उत्पन्न भएको थियो । ट्रम्पले अमेरिकाले अन्य देशको सुरक्षाका लागि पनि खर्च गर्नुपरेको भन्दै सबै देशले स्वामित्व लिनुपर्ने भनेपछि विवाद लम्बिएको थियो ।

ट्रम्पको कार्यकालपछि पनि यसबारे विवाद समाधान भएको छैन । जो बाइडेनले भने अमेरिकी स्वार्थका लागि नेटो रणनीतिक रुपमा महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि नेटोको पहिलो बैठकमा सामेल भएका हुन् । अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x