अपार्टमान्ट नै भाडामा लिएर प्रहरीलाई नै छक्क पार्ने धन्दा
काठमाडौ । ललितपुरमा अपार्टमान्ट नै भाडामा लिएर प्रहरीलाई नै छक्क पार्ने धन्दा गरीएको फेला परेको छ । ललितपुर महानगरपालिका९३ कान्तिपुर हाइटस्थित अपार्टमेन्टवाट प्रहरीले युवती सहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुले भाडामा लिएको प्रहरीले जनाएको छ
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २८ ढल्कु बस्ने झापा दमक नगरपालिका ७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका ६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका ८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट छन् ।
त्यसैगरी ललितपुर महानगरपालिका ८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पक्राउ परेका छन् ।
उक्त अपार्टमेन्टमा अवैध रुपमा धन्दा संचालन गर्ने गरेको भन्ने सूचानका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


