४ आश्विन २०८३, आईतवार

ओली र नेपालले सहमतिपत्रमा हस्ताक्षर गर्ने

एसीपी संवाददाता

२३ असार २०७८, बुधबार १०:३९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको विवाद भोलिसम्म टुंगिएर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । बुधबार सिंहदरबारमा बसेको
कार्यदलको बैठकले भोलि विहीवार विवाद टुंग्याउने र भोलि नै हस्ताक्षर हुनेगरी छलफल गरेको छ ।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भोलिसम्म विवाद टुंग्याउने गरि लाग्ने बताए । विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र भोलिसम्म टुंगिने उनको भनाइ छ ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त र भीम आचार्य छन् । यी नेताहरु एकता जोगाउन रातदिन लागेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x