२८ आश्विन २०८३, बुधबार

मुस्लिम समुदायले बकर ईद मनाउँदै

एसीपी संवाददाता

६ श्रावण २०७८, बुधबार ०४:०२ मा प्रकाशित

युसुफ अन्सारी – साउन ६ गते ।बाँके। इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरु बताउँछन् ।

आजको दिन ईद गाह एव मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x