नरैनापुरमा अवस्थित बाबा बर्फानीको आश्रममा भक्तजनहरुको घुईचो
श्याम कुमार साहू – नरैनापुर गाउँपालिकामा आवस्थित बाबा बर्फानी आश्रमको निकै चर्चा हुने गरेको छ । दसकौ देखि धार्मिक पर्यटनका रूपमा स्थापित बाबा बर्फानीको महत्त्वका बारेमा चर्चा हुने गरेको हो । अहिले यश बर्षबाट नरैनापुर गाउँपालिकाको र स्थानीयहरुको पहलमा उक्त धार्मिक स्थल अहिले आस्थाको केन्द्रको साथै पर्यटनको लागि घुम्ने थलोको रूपमा परिणत हुँदै गएको हो ।
नरैनापुरको अहिले पर्यटनका ३ स्थान मध्ये बाबा बर्फानीको महत्त्व बढी छ ।गेग्ली ३ मा बाबा बार्फानी बाबा आश्रम र गौसला छ जहाँ २०० गौ पालन समेत गरिएको हो । गेग्ली देखि उत्तर जंगल पहाड हुँदै एघारा किलोमिटर हिड्ने जानू पर्छ जहाँ बर्फानी बाबा आश्रम रहेको छ । बाबा वर्फानीमा यात्रुहरुलाई रातिमा बस्ने, जलपान र खानाको पनि ब्यवस्थापन समेत हुने गरेको छ । यहीँ आश्रम ऋषि मुनीहरु तपस्या पनि गर्ने गरेका छन । अहिले श्रद्धालुहरुको भनाई छ। श्री श्री 1008 केशब गिरी ( बर्फानी बाबा)दैनिकको श्रद्धालु भिड बढिरहेको बताउनु भयो ।
बाबा बर्फानी पर्यटकीय सम्भावना बाँकेको नरैनापुरमा अवस्थित बाबा बर्फानीको दर्शन गर्न जानेको भिड लाग्ने गरेको छ। विशेषगरी भारतको श्रावास्ती , बहराइच, नानपार र नेपालगञ्जबाट मानिसहरु बाबा बर्फानी दर्शन गर्न जाने गरेका हुन । पर्यटकीय स्थलका साथै र बाबाको आशिर्वाद र मागेको भाकल पूरा हुने गरेको भक्तजन आस्था रहेको छ ।
बाँके नेपालगन्ज उपमहानगर देखि झण्डै १ घण्टा गाडी , मोटरसाइकलबाट सजिलै यात्रा हुने गरेको छ । विभिन्न समाचारहरु बाबा बर्फानीको चर्चा पछि उक्त नरैनापुर गाउँ पालिका देखि पुर्वमा रहेको बाबा ब्रर्फानीमा हिजोआज भक्तजनहरुको घुइँचो लाग्ने गरेको हो ।





