र्यापर हनी सिंह विरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता
एजेन्सी । र्यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिं साको मु द्दा दर्ता गरेकी छन् । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मु द्दा दर्ता गरेकी हुन् ।
उनले घरेलु हिं साबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ । मु द्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।
अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ ।
जसमा हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक लगाइएको छ । वकिलहरू सन्दीप कपुर, अपूर्व पाण्डे र जीजी कश्यपले तलवारको पक्षबाट मु द्दा दायर गरेका थिए ।
हनी सिंह र शालिनी तलवारको सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारामा विवाह भएको थियो । सन् २०१४ मा इन्डियाज रकस्टार नामक रियालिटी शोमा हनी सिंहले आफ्नो पत्नीलाई सबैलाई चिनाएका थिए । शालीनिले हनी सिंहमाथि शारीरिक र मानसिक हिं साको आरोप लगाएकी छन् ।


