२१ कार्तिक २०८३, शुक्रबार
भारतिय अभिनेत्री श्रीदेबिको पुनर्जन्म हो ?
एजेन्सी । पुनर जन्ममा विश्वास गर्ने प्रचलन भएसंगै बलीउड नायिका श्रीदेवीको पनि पुनर जन्म भएको विश्वास गरिएको छ । युट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भइरहेको छ ।
भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ नाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ ।
यो भिडियो श्रीदेवीको निधन हुनुभन्दा पहिले नै अपलोड गरिएको हो । नोइक्स टिभी नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो श्रीदेवीको निधनपछि भाइरल भएको हो ।
यो भिडियोलाई अहिलेसम्म १ करोड ३० लाख भन्दा बढी पटक हेरिएको छ । यो भिडियोको श्रीदेवीको पुनर्जन्मसँग कुनै सम्बन्ध नभएपनि श्रीदेवीको मृत्युपछि भने यो भिडियो निकै हेरिएको छ ।
Subscribe
Login
0 Comments


