तपस्यामा लिन बर्फानी बाबाको योगदान
श्याम कुमार साहू-बाँकेको अहिले नरैनापुर गाउँ पालिका निकै चर्चामा आएको छ । यसमा गाउँ पालिकाको जहाँ सहयोग छ भने स्थानीयहरुको पनि निकै योगदान भएको पाईन्छ । केही बर्ष आगाडि सम्म यो नरैनापुर गाउँ निकै पिछडिएका थियो भन्ने समाचार आउने गर्थ्यो भने अहिले धार्मिक पर्यटनको स्थलमा परिणत भएको छ। यसको कारण ३ दसक देखि तपस्यामा लिन बर्फानी बाबाको योगदान ।
श्री श्री १००८ श्री केशव गिरी बर्फानी बाबा उनका बुवा ऋषिराम भण्डारी ४ वेद्का ज्ञाता थिए र पहिला उनी आफ्नो बुवासँग अध्यन गरे अनि उनी १२ वर्षको उमेरमा आफ्नो बुवा , आमा घर परिवार सबै त्याग गरेर हिंडे भारतको हरिद्वार देखि रामेश्वरम, केदारनाथ हुँदै हिमाल, कञ्चनजंगा,नेपाल काठमाडौंको पशुपति मन्दिर सम्म हिँड्दै यात्रा गरी जल चढाउनु भयो ।
बिभिन जंगल, पहाड , बर्फ को गुफा र धार्मिक स्थलमा गई तपस्या गरेका हुन् । उनी तपस्या गर्ने क्रममा नरैनापुरमा आफू पूर्व जन्ममा तपस्या गरेको आभास भयो भने जहिले पनि तपस्या गर्ने क्रममा आभास हुने भएकोले बर्फानी बाबाले हिमाचलबाट आए र गुरु ( पहाडी बाबा) को आदेश अनुसार उनी पहिला गेगली ३ मा बसे तर त्यहाँको मान्छेहरूले सताउन थाले पछि उनी पहाडको चोटिमा गए र बसोबास गर्ने थाले आज उनलाई २५ देखि ३० वर्ष निरन्तर तपस्यामा जीवन ब्यतित गरि रहेका छन ।
बाबा बर्फानीको नामले वहाँ प्रख्यात हुनु भएको हो हुन त पहिले पनि थुप्रै भक्त जनहरु जाने गर्थे तर प्रचार प्रसार कमको कारण अहिले पछिल्लो समयमा निकै चर्चा आउनु भएको छ । अहिले नरैनापुर पुगे पछि गेगली ३ मा उनको आश्रम छ त्यहाँबाट बाईक र हिँडेर जान्छन् गेगली देखि जाने क्रममा ५ वटा खोला पार गरी बाबा बर्फानीको दर्शन गर्न पुगिन् सकिन्छ ।
मन्दिरको छेउमा अस्नाको रुख बाट वर्षको १२ महिना पानीको थोपा झरी रहेको हुन्छ।अहिले विभिन्न जिल्लाबाट दैनिक ५०० भन्दा बढी भक्तहरु भिड हुने गरेको छ । इंडियाको श्रावास्ती , नानपारा, बहाराईचबाट समेत दर्शन गर्न आउने मान्छेहरुको भिड लाग्ने गर्छ । यहाँ आश्रममा खाना, राती बस्ने भक्तहरूलाई सुत्ने बस्ने सबै ब्यवस्था आश्रम बाट दिने गरेको बाबाले जानकारी दिनु भएको हो ।






