३ आश्विन २०८३, शनिबार

बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे

एसीपी संवाददाता

२८ श्रावण २०७८, बिहीबार ११:५७ मा प्रकाशित

एजेन्सी । बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे बोलीका कारण चर्चामा आइरहन्छिन् । हालसम्म उनले फिल्ममा कैयौं भूमिका निर्वाह गरिसकेकी छन् ।

राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको ‘विद वोग’मा राजकुमार रावसँग आएकी राधिकाले आफ्नो एक अनौठो अडिसनका बारेमा खुलेर बताएकी छन् ।

राधिकाका अनुसार फिल्म ‘देव डी’का लागि दिएको अडिसन उनको करियरकै अनौठो अडिसन थियो । ‘देव डीको अडिसनका लागि मैले फिल्ममा अ श्ली ल कुराकानी गर्नुपर्ने थियो । यसो हुँदा मात्र मैले अडिसन पास गर्ने थिएँ ।

त्यो बेला म पुणेमा बस्थें । मैले फोनमा यस्ता कुरा गरेको थिइनँ । तर अडिसन दिँदा सबैको अगाडि बोल्नुपर्ने भयो । अडिसन पास हुनका लागि मैले यो काम गरें’, राधिकाले भनेकी छन् ।

केही समय अघि मात्र राधिकाले आफ्नो केही न्यूड भिडियो सार्वजनिक भएपछि घर बाहिर निस्कन गाह्रो परेको बताएकी थिइन् । फिल्म ‘क्लीन शेव’को भिडियो सार्वजनिक भएपछि राधिकालाई समस्या भएको थियो ।

राधिका पछिल्लोपटक वेब सिरिज ‘रात अकेली’मा देखिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x