लोकतान्त्रिक गणतन्त्रका नेपालका प्रथम रास्ट्रपति यादवको भारतमा भब्य स्वागत
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई भारतमा भव्य स्वागत गरिएको छ । यादव मधवापुरको साहरखण्डस्थित केरवा गाउँमा बुधवार पुगेका थिए । दरभंगाबाट फर्किने क्रममा उनी त्यहाँ पुगेका हुन् ।
केरवामा गाइडलाइनको पालना गर्दै उनलाई भव्य स्वागत गरियो । त्यसक्रममा नेपाल भारतबिच युगदेखि रोटीबेटीको सम्बन्ध रहहेको भन्दै यादवले दुबै देशबिच सांस्कृतिक पारस्परिक सम्बन्ध एकसमान रहेको बताए । धार्मिक, पौराणिक र पारिवारिक सम्बन्ध रहेको पनि बताए । नेपालको पानी भारत हुँदै बग्ने भन्दै दुबै देशका सरकारलाई बाढी पहिरोको स्थायी समाधानका लागि संयुक्त रुपमा पहल गर्न आग्रह गरे ।
भारतका संक्रमणको कारणबारे जानकारी लिएका थिए । आम मानिसलाई पनि सचेत रहन आग्रह गरे । आफ्ना छोरालाई दिल्ली छोड्ने क्रममा यादव मंगलवार दरभंगा गएका थिए । फर्किने क्रममा बुधवार साँझ केरवास्थित आफ्ना नातेदार अवकाशप्राप्त शिक्षक तेजुलाल यादवको निवास पुगेका थिए । त्यहाँ ठूलो संख्यामा स्थानीयले स्वागत गरे । मिथिला संस्कृति अनुसार सम्मान पनि गरे ।
एक घण्टा बसेर कडा सुरक्षा प्रबन्धका बिच उनी स्वदेश फर्किए ।यादवको सुरक्षामा एसडिएम, एसडिजी लगायत सरकारी अधिकारी खटिएका थिए ।


